दफा ३८१
क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने

कसैले दफा ३७२, ३७३, ३७५, ३७७ र ३८० मा उल्लिखित प्रयोजनको लागि कुनै व्यक्तिको घर वा जग्गा प्रयोग गर्दा कसैलाई कुनै किसिमको हानि, नोक्सानी हुन गएमा त्यस्तो व्यक्तिले सम्बन्धित घर वा जग्गाधनीलाई मनासिब क्षतिपूर्ति उपलब्ध गराउनु पर्नेछ ।